पर्सामा हेल्मेटभित्र लुकाएर ल्याइएको साढे १५ लाख नगद बरामद

कोल्हवी न्यूज
२०७८ आश्विन १५, शुक्रबार २१:१५ गते

पर्सा प्रहरीले हेल्मेटमा लुकाएर ल्याइएको स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण थाना कंगेली(१ भारतका २५ वर्षीय विक्रम पटेल, भारत मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोबिनी गाउँपालिका(३ का २३ वर्षीय बलिराम पटेल छन्।

सूचना परिचालन तथा कारबाहीको सिलसिलामा उनीहरूलाई छप्कैया(सिर्सिया नाकाबाट शुक्रबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीले उनीहरूले प्रयोग गरेको ना ६ प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। सबैलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबार नेपालको बैंक तथा वित्तीय ऐन विपरीत भएका कारण प्रहरीले बरामद गरी कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाउने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*