सन् २०२७ मा जनगणना गर्ने भारत सरकारको घोषणा

भारतका गृहमन्त्री अमित शाह ।
भारत सरकारले सोमबार सन् २०२७ मा जनगणना गर्ने घोषणा गरेको छ । यो जानकारी भारतीय गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत दिएको हो ।
जारी गरिएको प्रेस विज्ञप्तिअनुसार २०२७ मा जनगणना दुई चरणमा गरिने छ ।
देशका धेरैजसो भागहरूमा, मार्च १ २०२७ को मध्यरात १२ बजेलाई जनगणनाको आधार मिति मानिने मन्त्रालयले जनाएको छ ।
साथै, लद्दाख, जम्मू–कश्मीर, हिमाचल प्रदेश र उत्तराखण्डजस्ता चिसो र हिउँ पर्ने क्षेत्रहरूमा जनगणनाको मिति अक्टोबर १ २०२६ तय गरिएको छ ।
गृह मन्त्रालयले यी क्षेत्रहरूको लागि कठिन मौसमी अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ ।
यसअघि २०११ मा जनगणना गरिएको थियो । जसअनुसार भारतको जनसंख्या एक अर्ब ४२ करोडभन्दा बढी पुगेको थियो । चीनलाई जित्दै भारत विश्वमा सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ ।










