फिफा क्लब विश्वकप आजदेखि शुरू: उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले बराबरी खेले

कोल्हवी न्यूज
२०८२ असार १, आईतवार ११:१२ गते

तस्बिर : एजेन्सी

फिफा क्लब विश्वकप आजदेखि शुरू भएको छ । अमेरिकाको फ्लोरिडामा आज बिहान भएको उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

विश्व फुटबल महासङ्घ (फिफा)ले यो वर्षदेखि नयाँ ढङ्गले फिफा क्लब विश्वकप शुरु गरेको हो । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको विजेतालाई समेटेर क्लब विश्वकप आयोजना गर्दै आएको थियो । तर यसपटकदेखि प्रतियोगितामा विश्वभरका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ समूहमा टोली विभाजन गरेपछि हरेक समूहका शीर्ष २ टोलीले अर्को चरण खेल्दै फाइनलसम्म पुग्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*