मकवानपुरको कैलाश गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु
मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका–९, किटभञ्ज्याङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
२२ वर्षीय कान्छा गोलेको बुधबार साँझ घरको आँगनमा बसिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटना दुर्गम क्षेत्रमा भएकोले घटनाको विस्तृत विवरण बुझ्न प्रहरी टोली बिहीबार बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ।
जिल्ला प्रहरीका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मकवानपुर जिल्लामा चट्याङ लागेर ४ जनाको मृत्यु भइसकेको छ भने ९ जना घाइते भएका छन्।








