रौतहटको मंगलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु

कोल्हवी न्यूज
२०८२ जेष्ठ २९, बिहीबार १६:४८ गते

 रौतहटको चन्द्रपुर–१ मंगलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बुको ज्यान गएको चन्द्रपुर–१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिए । ठक्कर दिने सवारी साधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै लास राखेर राजमार्ग अवरुद्ध गरेका थिए । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिए ।

अहिले सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*