पर्साबाट ३० किलो गाँजासहित एक मोटरसाइकल बरामद

कोल्हवी न्यूज
२०८२ जेष्ठ १९, सोमबार १६:५४ गते

पर्साको जगरनाथपुर गाउँपालिका–१ टाँडी क्षेत्रबाट लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद गरिएको छ। प्रहरी गस्ती टोलीलाई देखेर मोटरसाइकल छाडेर फरार भएको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान १ः४५ बजे भारततर्फ गइरहेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकललाई प्रहरीले संका लागेर जाँच गर्न खोज्दा चालक त्यसलाई सोही स्थानमा छाडेर भागेका थिए।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त गस्ती टोलीले मोटरसाइकल जाँच गर्दा करिब ३० किलो गाँजा फेला पारेको हो।

हाल मोटरसाइकल र गाँजा दुवैलाई नियन्त्रणमा लिइएको छ भने आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमार्फत अघि बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*