यातायात बन्दको क्रममा सडक अवरोध गरेको आरोपमा १४ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ जेष्ठ १९, सोमबार १६:४३ गते

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नयाँ नियमावलीको विरोधमा गरिएको सार्वजनिक यातायात बन्दका क्रममा सडक अवरुद्ध गरेको आरोपमा १४ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी प्रमुख तथा केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, पक्राउ परेकामध्ये १२ जना काठमाडौं उपत्यकाबाट र बाँकी २ जना पूर्वी नवलपरासीबाट छन्। उनीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेशको निर्णयप्रति असहमति जनाउँदै आइतबार सार्वजनिक सवारी साधन ठप्प पारेका थिए। सो क्रममा केही व्यक्तिहरू जबरजस्ती सडकमा उत्रेर अवरोध गरेको आरोप प्रहरीले लगाएको छ।

यसैबीच, सोमबारका लागि राजावादी समूहका नेता नवराज सुवेदी नेतृत्वमा बन्दको घोषणा गरिएको थियो। तर आइतबार साँझ नै पक्राउ परेका सुवेदीसहितका नेताहरू कमल थापा र दिपक सिंहलगायतलाई प्रहरीले रिहा गरिसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने पार्टीको तर्फबाट बन्दमा कुनै समर्थन नरहेको स्पष्ट पारिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*