वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन
२०८२ जेष्ठ १६, शुक्रबार १६:२२ गते
वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन भएको छ । उहाँको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो ।
पत्रकार विजय चालिको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।
नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय उहाँ गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।










