राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनकारी एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय

कोल्हवी न्यूज
२०८२ जेष्ठ १०, शनिबार ०७:५८ गते

काठमाण्डौको तीनकुनेमा गएको चैत १५ गते राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाण्डौले हिजो जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर भोलिसम्म अभियोगपत्र दायर गर्ने तयारी गरेको छ ।

प्रहरीले आपराधिक उपद्रव, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योगलगायतमा मुद्दा प्रस्ताव गरेको छ ।

प्रहरीले यस घटनामा आपराधिक उपद्रव र सङ्गठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसूरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो ।

त्यसमध्ये आपराधिक उपद्रव, सङ्गठित अपराधमा अनुसन्धानमा रहेका ३४ जना र राज्यविरुद्धको कसूरमा रहेका तीन जना हाजिरी जमानीमा छुटेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवम् सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ भने दुर्गा प्रसाईं हिरासतमै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*