नेपाल विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत

कोल्हवी न्यूज
२०८२ जेष्ठ ९, शुक्रबार १६:३७ गते

 नेपाल विश्व स्वास्थ्य सङ्गठन (एब्लूएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । स्विजरल्यान्डको जेनेभामा चलिरहेको सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एशिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।

योसँगै नेपाल अबको तीन वर्ष सङ्गठनको कार्यकारी समितिमा रहनेछ । यो नेपालका लागि अवसर भएको र स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार अनि विश्वका असल अभ्यासको अनुकरण गर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*