१० महिनामा यूएईमा २६१ नेपाली श्रमिकको मृत्यु

कोल्हवी न्यूज
२०८२ जेष्ठ ८, बिहीबार १५:११ गते

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा २६१ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको भन्दा बढी हो ।

दूतावासको विवरणअनुसार, २०८१ साउनमा ३० जना, भदौमा ३२ जना, असोजमा ३३ जना, कात्तिकमा ३५ जना, मंसिरमा २४ जना, पुसमा १३ जना, माघमा २५ जना, फागुनमा १७ जना, चैतमा १७ जना र २०८२ वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ । यसरी पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए, जुन बेला प्रत्येक महिना औसतमा १९ जना नेपालीको मृत्यु भएको थियो ।

यूएईमा नेपाली श्रमिकहरूको मृत्युका प्रमुख कारणहरूमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटुसम्बन्धी रोगहरू रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*