इन्डियन प्रिमियर लिग क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

कोल्हवी न्यूज
२०८२ जेष्ठ ८, बिहीबार १०:५९ गते

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा गुजरात शीर्ष स्थानमा छ भने लखनउ बाहिरिसकेको छ । गुजरात १२ खेलमा १८ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहँदा लखनउ १० अङ्कसहित सातौं स्थानमा छ ।

आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*