घरमा गोमन (कोबरा) सर्प देखिँदा पनी प्रहरिनै सहयोगी
रौतहट:नेपाल प्रहरीले अहिले एउटा स्लोगन ल्याएको छ “प्रहरी मेरो साथी”वास्तवमा कठिन, जटिल र खतरायुक्त कुनै काम वा समस्या पर्दा समाजमा अन्य कुनै सहयोगी नभेटे पछी मानिसले बाध्यभएर प्रहरीलाई गुहार्ने गर्दछन।
त्यो बिपद जन्य अवस्था होसकी दैवीप्रकोप। त्यस्तो खबर पाउनासाथ नजिकका नेपाल प्रहरी सँगै सशस्त्र प्रहरी बल अहोरात्र खटेर पीडितको उद्धार गर्दै आएका छन्। तर आईतवार एकजना नेपाल प्रहरीका सईले स्थानीयको घरबाट जिउँदै गोमन सर्प उद्धार गरेर उदाहरणीय काम गरेका छन्।
आईतवार दिउँसो रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रुपेश यादवको घरको कुनामा अति बिषालु (कोब्रा) गोमन सर्प देखिएको थियो। उनको घरमा सर्प लाई मार्ने चलन नभएकाले जीवितै उद्दार गर्नुपर्ने थियो। उनले गाउँका कैयौं मानिसलाई भने कुनै सहयोगी नभेटेपछि उनले ईलाका प्रहरी कार्यालय कटहरिया लाई खबर गरेका थिए।
उनले खबर गरेलगत्तै सई मुकेश कुमार सिंह वडा अध्यक्ष रुपेश यादवको घरमा पुगेर बाँसको सहयोगले जसोतसो सर्पलाई जिउँदै प्लास्टिकको वटा भित्र नियन्त्रणमा लिएका थिए। पछि सई सिंहले सर्पलाई कटहरिया ३ स्थित लालबकैया नदि किनारमा छोडेको वडा अध्यक्ष यादवले जानकारी दिएका छन्।
।सई सिंहले जीवनमा पहिलो पटक यसरी जिउँदो सर्पको उद्धार गरेको बताएका छन्। सर्पलाई नियन्त्रणमा लिनेसमय भित्रबाट डर लागेपनि केही समयको प्रयासमा सफल भएको बताएका छन्।सई सिंहको पहलको गाउँलेहरुले खुलेरै सराहना गरेका छन्।










