बारा जाँदै गरेको रिजर्भ बस मकवानपुरमा दुर्घटना, १४ जना घाइते

कोल्हवी न्यूज
२०८२ जेष्ठ ६, मंगलवार १५:३७ गते

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–९ स्थित त्रिभुवनराजपथमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट बाराको लालबन्दी जादै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नंबरको विङ्गर गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटना हुँदा यस गाडीमा सवार १४ जना घाइते भएका हुन् । सडकबाट तल खसेको गाडी सल्लाको रूखमा अड्किको छ ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भिर रहेको छ । गाडी बेक्र फेलभई उक्त दुर्घटना भएको भन्ने उद्दारमा खटिएको प्रहरी टोलीले जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*