अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा प्रोस्टेट क्यान्सर देखा परेको हो ।
उहाँको क्यान्सरमा हार्मोन बढी संवेदनशिल भएका कारण उपचार भने सम्भव भएको बीबीसीले जनाएको छ । रोग व्यवस्थापन र उपचारका लागि तयारी भइरहेको छ ।
डेमोक्रेटिक पार्टीका पूर्व राष्ट्रपति बाइडेनले आफ्नो स्वास्थ्य र उमेरका कारण २०२४ को अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य भएको बताउनुभएको थियो ।
अमेरिकाको यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार प्रत्येक सय जना पुरुषमध्ये १३ जनालाई जीवनको कुनै न कुनै समयमा प्रोस्टेस क्यान्सर हुन सक्छ ।
बाइडेनलाई क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत उहाँका शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको स्वास्थ्य लाभको कामना गर्नुभएको खबरमा उल्लेख छ । एजेन्सी