पर्साको बहुअरीमा १८ वर्षीया युवती सर्पदंशबाट घाइते

कोल्हवी न्यूज
२०८२ जेष्ठ २, शुक्रबार १६:५२ गते

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन् । घटना गत राति १० बजे तिर भएको हो।

संजय पण्डितकी श्रीमती सिता देवीलाई आफ्नै घरमा विषालु सर्पले टोकेको थियो । घटनापछि उनलाई तत्काल नारायणी अस्पताल, वीरगन्जमा भर्ना गरियो।

अस्पताल स्रोतका अनुसार, सिता देवीको अवस्था मध्यम रहेको छ र उनको उपचार भइरहेको छ । सर्पदंशको घटनामा तत्काल उपचार आवश्यक हुने भएकाले, स्वास्थ्यकर्मीहरूले सर्पदंश भएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*