सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन जना घाइते

कोल्हवी न्यूज
२०८२ जेष्ठ १, बिहीबार १५:४५ गते

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार राति करिब ९ बजेतिर फूलजोर–त्रिभुवनगर सडकखण्डमा बीआर ३० डब्लु ३२५२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीय रामप्रताप पण्डितको गम्भीर घाइते अवस्थामा वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा पैदलयात्री ५६ वर्षीया झब्सी सहनी, मोटरसाइकल चालक २२ वर्षीय वीरजन पटेल र पछाडि सवार ५४ वर्षीय हजारीप्रसाद रौनियार घाइते भएका छन्। झब्सी सहनीको अवस्था सामान्य रहेकाले प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि उनलाई घर फर्काइएको छ।

तर चालक पटेल र पछाडि सवार रौनियारको अवस्था गम्भीर रहेको र दुवैको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*