फिल्म नरसिंहा : अवतारको माग विदेशमा उच्च

कोल्हवी न्यूज
२०८२ जेष्ठ १, बिहीबार ०७:३८ गते

आगामी जेठ ९ गते रिलिजमा आउने फिल्म नरसिंहा: अवतारको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप त बढेकै छ, विदेशी बजारमा पनि माग चुलिएको छ।

फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले विदेशबाट फिल्मको माग उच्च भएको, विदेशमा सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियाका लागि रिलिज अधिकार बिक्री भएको जानकारी गराए।

अष्ट्रेलिया अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो। ‘राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ। त्यसैले, दर्शकको मागलाई ध्यानमा राखेर फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौँ’ बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्। वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने जानकारी गराइन्।

नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानद्वारा निर्मित फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिवजंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेता हमालले ८ वर्ष लामो अन्तरालपछि यही फिल्मबाट कमब्याक गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*