सिम्रौनगढ नगरपालिकाका मेयरको सरकारी गाडी दुर्घटनामा

कोल्हवी न्यूज
२०८२ बैशाख ३१, बुधबार १७:१४ गते

सिम्रौनगढ नगरपालिकाका मेयरकाे चढ्ने सरकारी गाडी रौतहटको देवाही गोनाहीमा बुधबार दुर्घटनामा परेको छ।

बा २ झ ४३५४ नम्बरको महेन्द्र स्कारपियो गाडी देवाही गोनाही नगरपालिका–५ स्थित नारायणचोक नजिकै करिब ११:३० बजे आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।

सिम्रौनगढ नगरपालिकाका सूचना अधिकारी सुरेश यादवका अनुसार उक्त गाडी एक कार्यक्रमबाट फर्कने क्रममा दुर्घटनामा परेको हो। रौतहटकै एक स्थानीय तहका प्रमुखलाई कलैयाबाट गन्तव्यमा पु¥याएर फर्किंदै गर्दा घटना भएको हो।

दुर्घटनाको समयमा स्कारपियो गाडीमा चालकबाहेक अन्य कोही सवार थिएनन्। गाडी चालक बारा सिम्रौनगढ–१ बैरियाका अन्दाजी ४० वर्षीय मुस्तुफा आलम रहेका छन्, जो दुर्घटनाबाट सुरक्षित छन्। उनलाई कुनै गम्भीर चोटपटक नलागेको प्रहरीले पुष्टि गरेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक अर्जुन मण्डलको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेको थियो। टोलीले दुर्घटनाग्रस्त गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

दुर्घटनाबाट गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ। घटनाको कारण र क्षतिको विस्तृत मूल्याङ्कनको कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*