बाराको फत्तेपुरमा प्रहरी गस्ती न्युनः लुटपाटका घटनामा बृद्धि

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार ०७:०२

पुलीस प्रसाशनले चरम लापरवाहि गरेको भन्दै बाराको फत्तेपुरका स्थानीय आक्रोषित बनेका छन् । जीतपुर–सिमरा उपमहानगरपालीका वडा न। १२ फत्तेपुरमा रहेको वडा प्रहरी कार्यलयले जिम्मेवारी पुर्वक कार्य सम्पादन नगरेको फत्तेपुरवासीको गुनासो छ । प्रहरीले लापरवाहि गरी नियमित गस्ती नगर्दा वडामा चोरी तस्करी तथा लुटपाटका घटनामा बृद्धि भएको स्थानीयले आरोप लगाएका छन् ।

मंगलबार राती करीब साँढे ९ बजेको समयमा आफ्नो काम सकेर घर फर्कने क्रममा स्थानीय राजीन्द्र चौधरीमाथी कुटपिट तथा लुटपाट भएको थियो । जीतपुरबाट काम सकेर ना३३प ३६९७ नम्बरको मोटरसाईकलमा घर फर्किएका पेशाले टिपर चालक चौधरीमाथी वडा प्रहरी कार्यलयबाट पश्चिमपट्टि ५ सय मिटरको दुरीमा ५ जनाको अज्ञात समुहले कुटपिट तथा लुटपाट गरी फरार हुँदासमेत प्रहरी बेखबर रहेको भन्दै स्थानीय आक्रोषित भएका हुन् ।

लुटेराको अज्ञात समुहले चौधरीलाई हातपात गर्नुका साथै नगद १० हजार र लाईसेन्ससमेत लुटेर लगेको पिडितले बताएकाछन् । प्रहरी चुस्त–दुरुस्त अवस्थामा गस्तीमा रहेको भए त्यस्ता घटना नहुने भन्दै वडा अध्यक्ष लालबाबु रायचौधरीले पुलीस प्रसाशनको कमि कमजोरी औँल्याउनु भयो ।

वडा अध्यक्ष चौधरीले आफुले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत प्रहरीले कुनै ठोस कदम नचालेको आरोप लगाउनु भएको छ । उहाँले घटना हुँनुमा प्रहरीको लापरवाहि भन्दै यथासिघ्र दोषिलाई पक्राउ गरी कडा कार्वाहि गर्न र हालको प्रहरी प्रमुखसहित सम्पुर्ण युनिट नै परीवर्तनको माग गर्नु भएको छ ।

पछिल्लो समय फत्तेपुरमा पशु चौपायाको चोरी तथा लुटपाट बढ्नुमा कोरोना भाईरसको महामारीलाइ मुख्य कारण मानीएको छ । महामारीले रोजगारी गुमेपछि लुटपाटमा युवाहरु संलग्न हुन थालेको स्थानीयले अनुमान गरेका छन् । बाराखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*