अभिनेता राहुल केसी र अभिनेत्री उषा पौडेल गरे विवाह

कोल्हवी न्यूज
२०८२ बैशाख ३०, मंगलवार १६:०८ गते

एक दशक भन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राहुल केसी र अभिनेत्री उषा पौडेल दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । नेपाली समय अनुसार उनीहरूले आइतबार राती विवाह गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका यी दुईले नेपाली परम्परा अनुसार विवाह गरेका छन् ।

मुनामदन, गोधुली, पाले दाई, तिम्रो माया, प्यारी बहिनी सहित डेढ दर्जन चलचित्रमा अभिनय गरेकी उषा पौडेल र किसान, सडक छापसहित आधा दर्जन चलचित्रमा अभिनय गरेका राहुल केसीबिचको यो दोस्रो विवाह हो ।

राहुलको गत दाम्पत्य सम्बन्ध विच्छेद भएपछि उनी एक्लो थिए । यस्तै अभिनेत्री उषाको तीन वर्ष अघि सम्बन्ध विच्छेद भएको हो । दुवै एकल रहेको अवस्थामा यति बेला यी दुई दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । उनीहरूको विवाहमा अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीहरूको जमघट थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*