भारतको छत्तीसगढमा एक भीषण सडक दुर्घटनामा १३ जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८२ बैशाख २९, सोमबार १६:१० गते

भारतको छत्तीसगढ राज्यमा आइतबार राति भएको एक भीषण सडक दुर्घटनामा १३ जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्। राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा बाङ्गोली क्षेत्र नजिकै भएको यो दुर्घटना छठीको उत्सवबाट फर्किंदै गरेका मानिसहरू सवार गाडी ठूलो ट्रेलरसँग ठोक्किएपछि भएको हो।

दुर्घटनामा मृत्यु हुने सबैजना खरोरा क्षेत्रको बाना गाउँमा आयोजित छठी समारोहमा सहभागी भएर फर्कंदै थिए। रायपुरको विधान सभा क्षेत्रअन्तर्गत चटौड गाउँका करिब ५० जना सो कार्यक्रममा सहभागी भएका थिए। राति अबेर फर्कंदै गर्दा ट्रेलरसँग गम्भीर ठक्कर खाँदा घटनास्थलमै धेरैको ज्यान गएको जिल्ला कलेक्टर गौरव सिंहले जानकारी दिए।

घाइतेहरूको उपचार रायपुरस्थित सरकारी अस्पतालमा भइरहेको छ। कतिपयको अवस्था गम्भीर रहेको र मृतक संख्यामा अझ वृद्धि हुन सक्ने अनुमान छ।

यो दुर्घटनापछि रायपुर–खरौरा सडक केही समयका लागि अवरुद्ध भएको थियो। घटनास्थलमा प्रहरी तथा उद्धार टोली पुगेर उद्दार कार्यमा संलग्न भएका थिए।

छत्तीसगढ राज्यमा लगातार भइरहेको सडक दुर्घटनाले यातायात सुरक्षाप्रति चिन्ता बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*