वैवाहिक करणी मुद्दामा फरार पर्साका समसुदिन अंसारी कतारबाट पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख २६, शुक्रबार ०८:३० गते

 जबरजस्ती करणी (वैवाहिक करणी) मुद्दामा फरार रहेका पर्साका समसुदिन अंसारीलाई इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

बीरगन्ज महानगरपालिका–३१, बेलवा प्रसौनीका २९ वर्षीय अंसारीमाथि आफ्नै पत्नीमाथि दाइजोका कारण उत्पन्न विवादका बीच मञ्जुरीविना यौन सम्बन्ध राखेको गम्भीर आरोप लागेको थियो। मंसिर १९ गते मुद्दा दर्ता भएसँगै उनी फरार भएका थिए।

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ सालको वैशाख १९ गते अंसारी विरुद्ध रेड नोटिस जारी गरेको थियो। सोही आधारमा एनसीबी दोहा, कतारको समन्वयमा उनलाई पक्राउ गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।

प्रहरी अनुसन्धान अनुसार, अंसारीले विवाहपछि पीडितमाथि बारम्बार मानसिक तथा शारीरिक हिंसा गर्दै डर–त्रास देखाएर करणी गरेको उल्लेख गरिएको छ।

अहिले उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा बुझाइएको नेपाल प्रहरी इन्टरपोल शाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*