सिरहामा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख २५, बिहीबार ०७:०१ गते

सिरहाको लहानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बुधबार दिउँसो लहान नगरपालिका–१७ स्थित बलान खोलाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये एक २१ वर्षीय सन्तोष यादव लहान–१५ का हुन् भने अर्का २२ वर्षीय जितेन्द्र यादव लहान–१६ का हुन्। प्रहरीका अनुसार, उनीहरूले बोरा र लुकाएर राखेको स्थानमार्फत ४ सय ४३ बोतल अनरेक्स नामक लागूपदार्थ ओसारपसार गरिरहेका थिए।

घटनास्थलबाट प्रहरीले दुई थान मोटरसाइकल र दुई थान मोबाइल फोन पनि बरामद गरेको छ। हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

यस प्रकारको क्रियाकलाप विरुद्ध प्रहरीको निगरानी अझ कडा बनाइएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*