भारत–पाकिस्तानबीचको तनाव फेरि चुलियो, स्थल र समुद्री सुरक्षामा हाई अलर्टमा

कोल्हवी न्यूज
२०८२ बैशाख २५, बिहीबार ०६:५१ गते

 भारत–पाकिस्तानबीचको तनाव फेरि चुलिएको छ। जम्मु–कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानद्वारा गरिएको बमबारीपछि भारतले वायु, स्थल र समुद्री सुरक्षा प्रणालीलाई उच्च सतर्क अवस्थामा राखेको छ।

पाकिस्तानी सेनाले सीमावर्ती गाउँहरूमा गराएको भीषण गोलीबारी र बम आक्रमणमा चार बालबालिका र एक सैनिकसहित १५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। भारतीय समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले यस्तो उल्लेख गरेको छ।

भारतले हालै पहलगाममा भारतीय पर्यटकहरूको क्रूर हत्या भएको घटनालाई लिएर बुधबार राति मिसाइलसहितको हवाई कारबाही गरेको थियो। इस्लामावादले उक्त हत्यामा संलग्नता अस्वीकार गरिरहे पनि पाकिस्तानले भारतको हवाई आक्रमणलाई जवाफ दिने भन्दै सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले राष्ट्रको नाममा सम्बोधन गर्दै भारतको फाइटर विमान खसालिएको दाबी गरेका छन्। उनले यो कदम भारतको आक्रमणको ‘सोधबुझसहितको जवाफ’ भएको बताएका छन्।

भारतको रक्षा मन्त्रालयले स्थिति गम्भीर रहेको जनाउँदै आगामी दिनमा थप सुरक्षा रणनीति अपनाइने जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*