हेटौंडा बसपार्कबाट ३० किलो गाँजासहित एक महिला पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख २२, सोमबार १६:४८ गते

मकवानपुर प्रहरीले ३० किलो गाँजासहित एक महिलालाई हेटौंडा बसपार्कबाट पक्राउ गरेको छ। पक्राउ परेकी महिला चितवन राप्ती नगरपालिका–८ खुरखुरे निवासी ३० वर्षीया लालमाया तामाङ रहेको प्रहरीले जनाएको छ।

सोमबार बीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको सवारी साधन हेटौंडा–१० स्थित बसपार्कमा रोकिएको अवस्थामा चेकजाँच गर्दा छतमाथि राखिएको जेब्रा झोलाभित्र लुकाइएका तीनवटा पोका फेला परेका थिए। ती पोकामा झण्डै ३० किलो लागूऔषध गाँजा रहेको पुष्टि भएको मकवानपुर प्रहरी प्रमुखको भनाइ छ।

गाँजा कसको हो भन्ने अनुसन्धानका क्रममा ती झोला आफूले बोकेको तामाङले प्रहरी समक्ष स्वीकारेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*