मानव बेचबिखनमा संलग्न भएको आरोपमा वीरगन्जबाट एक युवक पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख २०, शनिबार १६:११ गते

मानव बेचबिखनको प्रयासमा संलग्न भएको आरोपमा प्रहरीले वीरगन्जबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङ रहेका छन्।

तामाङलाई बुधबार साँझ करीब ७ बजे बीरगन्ज –१६ स्थित शंकराचार्य गेट नजिकको सडकखण्डबाट पक्राउ गरिएको हो। नेपाल–भारत सिमानामा चेकिङका क्रममा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारततर्फ जान लागेका एक पुरुष र एक युवतीलाई रोकेर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा ती युवतीलाई भारत लैजाँदै गरेका तामाङप्रति शंका लागेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए। प्रारम्भिक अनुसन्धान अनुसार तामाङले युवतीलाई वीरगन्ज नजिकैको कपडा कारखानामा राम्रो तलबसहित काम लगाइदिने प्रलोभन देखाएर सीमा पार लैजाँदै गरेको खुल्न आएको छ।

प्रहरीले तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ अनुसार कारबाही अगाडि बढाएको छ। हाल पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*