भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युटमा अर्की नेपाली विद्यार्थी मृत फेला

कोल्हवी न्यूज
२०८२ बैशाख १९, शुक्रबार ०६:५२ गते

भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । मृतक १९ वर्षीया प्रिशा साह बीरगन्ज महानगरपालिका–१५ भिस्वाकी हुन्।

प्रिशा साह बीटेक (Computer Science and Engineering) को पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी एक वर्षअघि उच्च शिक्षा अध्ययनका लागि केआईआईटी विश्वविद्यालय गएकी थिइन्। उनका भाइ गौरव साहका अनुसार, बिहीबार दिउँसो प्रिशाले फोन गरेर आगामी मे १८ तारिखमा घर फर्कने जानकारी दिएकी थिइन्। तर, त्यही राति करिब ९ बजे कलेज प्रशासनबाट घरमा उनको मृत्युबारे जानकारी दिइएको थियो।

प्रिशाको स्थायी घर सर्लाहीको मलंगवामा पर्छ। परिवार र साथीहरूका अनुसार, उनी पढाइमा रुचि राख्ने र भावी लक्ष्यप्रति केन्द्रित छात्रा थिइन्।

भारतको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।

एबीभीपीले विज्ञप्ति निकारले केआईआईटी मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

यसअघि गएको फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*