अपहरण र बन्धक प्रकरणमा बाराका साह सहित ४ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख १८, बिहीबार १३:५७ गते

बाराको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण र बन्धक प्रकरणमा संलग्न एक नाबालकसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति करिब ९:४५ बजे वीरगन्ज महानगरपालिका–१२, मुर्लीस्थित एक घरबाट साहलाई सकुशल उद्धार गरिएको हो।

अपहरणमा संलग्न रहेका २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, २४ वर्षीय सिकेन्द्र साह र एक नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अपहरणपछि फिरौतीसमेत मागिएको बताइएको छ।

पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी छ। प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार घटनासँग सम्बन्धित थप व्यक्तिहरूको खोजी भइरहेको छ र उनीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*