शौचालयमा हत्या गरी फरार भएका मकवानपुरका दुई जना प्रहरीको नियन्त्रणमा

कोल्हवी न्यूज
२०८२ बैशाख १७, बुधबार ०८:१५ गते

शौचालयमा हत्या गरी फरार भएका मकवानपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत २४ गते राति २१ः५५ बजेको समयमा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ डुडेठाटीका चूडामणि कँडेललाई आफ्नै घरभित्र रहेको शौचालयमा हत्या गरी फालेर फरार भएका दुई जनालाई इलाका प्रहरी कार्यालय मनहरिले मङ्गलवार पक्राउ गरेको हो ।

कँडेलको हत्या गरी फरार रहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.९ स्थित खर्कका वर्ष २७ का सन्चलाल मोक्तान र वर्ष २५ का प्रीतिलाल भन्ने पृथालाल थिङलाई मनहरी गाउँपालिका वडा ७ स्थित मनहरी बजारबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीलाई बुझाइएको छ ।गोरखापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*