बारामा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई निजि हस्पिटलका सन्चालकले दिए गोलि हान्ने धम्कि

कोल्हवी न्युज
२०८२ बैशाख १३, शनिबार १९:०४ गते

कोल्हवी:मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा योगशिला हस्पिटल प्रा.लि का संचालक पवन गुप्ताले रिपोर्टिङ गर्न पुगेका साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका संवाददाता संदिप प्रसाद यादवलाई गोलि हान्ने धम्की दिएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले गोलि मार्ने धम्की दिएका हुन् ।

पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमन प्रसाद साहले उनको मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी त पत्रकार होइन,तलाई पत्रकारको प शब्द थाहा छैन भन्दै तेरो चाकमा गोलि हानि दिन्छु भनेका हुन् । मोटरसाइकलमा बसेका पत्रकार यादवलाई हस्पिटलको प्राङ्गणमा घेरेर राखी सर्वसाधारणको अगाडि विभिन्न अष्लिल शब्द प्रयोग गर्दै गालीगलैंच गरेका थिए ।

हस्पिटलका डाक्टर सुमन प्रसाद साहले समेत पत्रकार यादवलाई दुव्र्यवहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त हस्पिटलका संचालक गुप्तालाई नियन्त्रणमा लिएको छ । भने डाक्टर सुमन प्रसाद गुप्ता फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*