बाराका दुई युवक लागूऔषधसहित हेटौंडाबाट पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख १२, शुक्रबार ०७:२२ गते

बाराबाट हेटौंडातर्फ आउँदै गरेको एक पिकअप गाडीमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध लुकाएर ल्याइँदै गरेको अवस्थामा दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नं. ७, बेनौली निवासी २५ वर्षीय तिर्थलाल पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन्।

मधेश प्रदेशको ०२–००१ च १४३८ नम्बरको गाडीलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६, रातोमाटेमा चेकजाँच गर्दा, इन्जिनभित्र लुकाइएको अवस्थामा ५७ हजार ५ सय पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नेपालमा ट्रामाडोल प्रतिबन्धित औषधिको सूचीमा पर्दछ र यसको प्रयोग, बिक्री तथा ओसारपसार अवैधानिक मानिन्छ। हाल दुवै जना युवकलाई लागुऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले लागूऔषध तस्करीको बढ्दो जोखिम र त्यसमा संलग्न हुने युवाहरूको अवस्थाबारे गम्भीर सोच्नुपर्ने अवस्था आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*