सप्तरीको हनुमाननगर नगरपालिकामा बिहीबार ट्र्याक्टर पल्टिँदा एक जना युवकको मृत्यु

कोल्हवी न्यूज
२०८२ बैशाख ११, बिहीबार १७:०० गते

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा बिहीबार ट्र्याक्टर पल्टिँदा एक जना युवकको मृत्यु भएको छ । माटो लोड गरेर रम्पुरा मल्हनियाँतर्फ गइरहेको स १ त ५०८३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय २१ वर्षीय जितेन्द्र यादवको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

दुर्घटनामा स्थानीय २० वर्षीय दिपेश यादव घाइते भएका छन् । हातमा चोट लागेर घाइते भएका दिपेशलाई उपचार भइरहेको छ । दुर्घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*