बीरगन्जमा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख १०, बुधबार ०७:१९ गते

बीरगन्जमा आफ्नै छाेरीलाई बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रमा बस्ने ४१ वर्षीय पुरुष रहेका छन्। उनि सुरक्षा गार्डमा कार्यरत रहेकाे प्रहरीले जनाएको छ।

ती पुरुषले आफ्नै जेठी पत्निपट्टीकी १४ वर्षीया नावालिका छोरीलाई पटक पटक बलात्कार गरेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पीडित बालिकाकी आमाले साेमबार प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीमा उल्लेख भएअनुसार, ती व्यक्तिले आफ्नै कोठामा छोरीलाई पटक–पटक करणी गर्दै आएका थिए। पछिल्लो पटक साेमबार बिहान ६ बजे उनले पुनः करणी गरेको र कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

जाहेरीको आधारमा प्रहरीले ती आरोपितलाई साेमबार नै उनको कोठाबाट नियन्त्रणमा लिएको हो । उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*