मकवानपुरमा डलरको लोभ देखाएर १० लाख रुपियाँ लुटेर दुई जना फरार

कोल्हवी न्यूज
२०८२ बैशाख ९, मंगलवार ०७:५२ गते

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका २ स्थित देउरालीबाट डलरको लोभ देखाएर लुटिएको छ ।

प्युठान जिल्ला बागदुला नगरपालिका ८ घर भएका सञ्जय केसीको साथमा रहेको १० लाख रुपियाँ लुटेर दुई जना फरार भएका इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरले जनाएको छ ।

हाल वतन थाहा नभएको सुरेश तामाङले ९७६९७६८१४९ बाट पटक पटक फोन सम्पर्क गरी निजलाई भेट गर्न आउँदा आफ्नो साथमा रहेको नगद १० लाख रुपियाँ लुटी भागेको बस्नेतले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा जानकारी गराउनुभएको थियो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी नायव निरीक्षक भरत सिलवालले सुरेश तामाङसहितका व्यक्तिले केसीलाई आफूहरूसँग डलर छ भन्दै बोलाएर नगद पैसा लुटेर फरारभएको केसीले प्रहरीमा जानकारी गराएको बताउनुभयो ।

उहाँका अनुसार सुरेश तामाङसहितका व्यक्तिले डलर आफूहरूसँग भएको र सटही गर्नु पर्ने भन्दै डलरको लोभ देखाएर लुटेर फरार भएको देखिन्छ ।

हाल वतन नखुलेको वर्ष अन्दाजी ३५र४० को जस्तो देखिने रातो क्याप टोपी लगाएको, ट्याकसुट र रातो टिसर्ट लगाएको र वर्ष अन्दाजी ३२र३३ को कालो पाइन्ट, निलो जुत्ता र माक्स लगाएको हुलियाभएको व्यक्तिहरूले लुटेर फरारभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*