मोदी र एलोन मस्कबीच संवाद

कोल्हवी न्यूज
२०८२ बैशाख ५, शुक्रबार १६:०३ गते

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्बपति तथा अमेरिकी प्रशासनका डीओजीई (सरकार दक्षता विभाग) प्रमुख एलोन मस्कसँग संवाद गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा मस्कसँग संवाद भएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा  लेखेका छन्, ‘मैले एलोन मस्कसँग विभिन्न विषयहरूमा छलफल गरेँ । यसमा यस वर्षको सुरुमा वाशिंगटन डीसीमा भएको हाम्रो बैठकमा छलफल गरिएका विषयहरू समावेश छन् ।’

प्रधानमन्त्री मोदीले आफूहरुबीच प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोगको अपार सम्भावनाको बारेमा छलफल भएको बताए । भारत यी क्षेत्रहरूमा अमेरिकासँगको साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री मोदीले फेब्रुअरीमा अमेरिकाको भ्रमण गरेका थिए । यसै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलोन मस्कसँग भेट गरेका थिए । –बीबीसीबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*