बर्दिया बढैयातालका एक युवक ब्राउन सुगरसहित पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख ३, बुधबार १६:४८ गते

भारतबाट लागुऔषध नेपाल भित्र्याउने प्रयासमा एक युवक पक्राउ परेका छन्। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–१, शान्तिपुरका २२ वर्षीय पूर्णबहादुर सिंह ठकुरीलाई भारतको बलैईगाउँबाट नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनी सानो डाँफे क्षेत्रको ४५ नम्बर पिल्लर नजिक गस्ती टोलीले चेकजाँच गर्दा शंका लागि जाँच गरिएको थियो। जाँचका क्रममा पहेँलो प्लास्टिकमा कलेजी रंगको धागोले बेरिएको ९८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिएका छन्।

साथै युवकको साथबाट लागुऔषधको रूपमा प्रयोग हुने बुल फोर्ड निल्ला स्पासमो लेखिएको ५ पत्तामा रहेका ३३ क्याप्सुल, एक थान मोबाइल र साइकल समेत बरामद गरिएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*