युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोग गर्ने बेलायतको घोषणा

कोल्हवी न्यूज
२०८१ चैत्र २९, शुक्रबार १६:३७ गते

बेलायतले युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोगको घोषणा गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ५० वटा देशको बैठक हुँदै गर्दा बेलायतले युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नयाँ ड्रोन र बख्तरबन्द गाडीहरूको मर्मतका लागि बेलायती सहायता एक व्यापक प्याकेजको हिस्सा हो यसमा नर्वेबाट थप कोष समावेश छ । बेलायती रक्षा सचिव जोन हेलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव दिन रक्षा अधिकारीहरू भेला हुँदै गर्दा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बताउनुभएको खबरमा उल्लेख छ ।

बेलायती रक्षा सचिव हिली र उहाँका जर्मन समकक्षी बोरिस पिस्टोरियसले युक्रेन रक्षा सम्पर्क समूहको आजको बैठकको सह–अध्यक्षता गर्दै हुनुहुन्छ । गएको जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति नबनुन्जेलसम्म यो भेला परम्परागत रूपमा अमेरिकी रक्षा सचिवले आयोजना गर्दै आएका थिए ।

युक्रेनका लागि थप सैन्य सहायताको बारेमा छलफल गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को मुख्यालय ब्रसेल्समा ५० देशको बैठक हुन लागेको हो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*