कलैयाबाट एक जना सञ्चारकर्मीको मोटरसाइकल चोरी

कोल्हवी न्यूज
२०८१ चैत्र २६, मंगलवार १६:०७ गते

बाराको सदरमुकाम कलैयाबाट एक जना सञ्चारकर्मीको मोटरसाइकल चोरी भएको छ । बीरगन्जबाट प्रकाशित हुँदै आएको भोजपुरी टाईम्स दैनिकका बाराका संवाददाता प्रभु यादवको मोटरसाइकल आज चोरी भएको हो ।

यादवका अनुसार, उनकाे ना ५४ प ९२७२ नम्बरकाे यामाहा सलुटो मोटरसाइकल कलैया उपमहानगरपालिका कार्यालयको शिक्षा, कृषि, र सामाजिक शाखा अगाडि पार्किङ गरि राखिएको थियो । चोरी मङ्गलवार साढे १२ बजे भएको हो ।

यादवले मोटरसाइकल चोरी भएको जानकारी बारा प्रहरीलाई गराएका छन् । मोटरसाइकल चोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*