बाराको फेटा गाउँपालिकामा गहुँ बारीमा आगलागी, दुई कठा गहुँ जली नष्ट

कोल्हवी न्यूज
२०८१ चैत्र २४, आईतवार १५:४५ गते

बाराको फेटा गाउँपालिका–३, इदगाह टोलमा गहुँको खेतमा आगलागी हुँदा दुई कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको छ।

स्थानीय सुरेन्द्र प्रसाद साहले आफ्नो खेतमा गहुँ नलमा आगो लगाइरहेको समयमा अचानक आगोको झिल्का उडेर नजिकै रहेको सहदेव गिरीको गहुँ बारीमा सरेर आगलागी भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिनुभयो।

घटनास्थलमा स्थानीयबासी र ईलाका प्रहरीको सहयोगमा दमकल प्रयोग गरी समयमा नै आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, सहदेव गिरीको ५ कठा क्षेत्रफलमा फैलिएको गहुँ बालीमध्ये २ कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट करिब रु १५,००० बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रहरीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ र आगलागीको जोखिमबाट जोगिन सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*