इन्डियन प्रिमियर लिग : कोलकाताले हैदराबादलाई ८० रनको फराकिलो जित
इन्डियन प्रिमियर लिग ९क्ष्एी० २०२५ मा भएको एक रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८० रनको ठूलो अन्तरले पराजित गरेको छ। मुम्बई इन्डियन्ससँगको पछिल्लो खेलमा कोलकाता ब्याटिङमा कमजोर देखिएर आलोचित भएको थियो, तर बिहीबारको खेलमा उनीहरूले एक शानदार प्रदर्शन गर्दै हैदराबादलाई हराएको हो।
कोलकाताले २०० रनको लक्ष्य पुरा गर्दै ८० रनको फराकिलो जित हात पारेको छ। हैदराबादको आईपीएल २०२५ को सुरुआत शानदार थियो, जसले २८६ रन बनाएको थियो, तर यो लगातार तेस्रो खेलमा पराजित भएपछि उनीहरूको फॉर्म समस्यामा परेको देखिन्छ।
कोलकाताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रनको उत्कृष्ट पारी खेले, र रिङ्कु सिंहले अविजित १७ बलमा ३२ रन जोडे। यी दुईको आक्रामक ब्याटिङका कारण कोलकाता अन्तिम ५ ओभरमा ७८ रन जोड्न सफल भयो।
यसैगरी, कप्तान अजिक्य रहाणे र अङ्कगरिस रघुवंशी बीचको तेस्रो विकेटका लागि ८१ रनको साझेदारी पनि महत्वपूर्ण साबित भयो। रहाणेले ३८ रन जोडे, जबकि रघुवंशीले ५० रन बनाए। कोलकाता कुल २० ओभरमा ६ विकेटको क्षतिमा २०० रन बनाउँदै हैदराबादलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो।
यो जितपछि कोलकाताले आफ्नो आत्मविश्वासलाई पुनः बलियो बनाएको छ र आगामी खेलहरूको लागि थप प्रेरित भएको छ।










