अवैध रूपमा ल्याइएको करिब चार लाख बराबरको केराउ बारा प्रहरीद्वारा बरामद

कोल्हवी न्यूज
२०८१ चैत्र १८, सोमबार १६:२६ गते

भारतबाट अवैध रूपमा ल्याइएको करिब चार लाख ४४ हजार रुपैयाँ बराबरको केराउ बारा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर–१३ बलिरामपुरबाट अवैध केराउ बरामद गरेको हो।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल ल्याएर बलिरामपुरको एउटा घरमा भण्डारण गरिएको केराउ विशेष सूचनाको आधारमा बरामद गरिएको हो। बरामद केराउ १८५ वटा बोरामा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बरामद गरिएको केराउ आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जानकारी दिएका छन्।

स्रोतका अनुसार बरामद गरिएको केराउ वीरगञ्जका सिंह थरका एकजना व्यापारीको भएको आशंका गरिएको छ। केराउ भारतको आदापुरबाट मटिअर्वा नाका हुँदै नेपाल भित्र्याइएको बताइन्छ।

यस क्रममा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका एकजना प्रहरी, प्रहरी चौकी मटिअर्वा र सशस्त्र प्रहरीको मिलेमतोमा केराउ नेपाल ल्याइएको दाबी पनि गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*