कोल्हवी नगरपालिका द्वारा अस्थाई ट्राफिक प्रहरीलाई कम्प्युटर

कोल्हवी न्युज
२०८१ चैत्र १२, मंगलवार १४:३७ गते

कोल्हवी:बारा जिल्लाको कोल्हवि नगरपालिका द्वारा अस्थाई ट्राफिक कार्यालयलाई एक सेट कम्प्युटर प्रदान गरिएको छ । कार्य सम्पादनमा सहज होस भन्ने उदेश्यले कम्प्युटर सेट सहयोग गरिएको हो।

अस्थाई ट्राफिक कार्यालय कोल्हबीका प्रमुख प्रहरी हवल्दार योगेन्द्र कुमार राम,प्रहरी सहायक हवल्दार हरी किहोर बैठा र प्रहरी जवान महेश साहको सहभागितामा सो कम्प्युटर सेट प्रदान गरिएको हो ।

व्यापक रुपमा भइरहेको सवारी साधनको चोरी तथा दुर्घना न्युनिकरण लगायतका काम गर्न सजिलोका लागि कम्प्युटर सेट प्रदान गरिएको कोल्हबी नगरपालिकाका नगर प्रमुख राम चौधरीले बताउनु भयो।

हेल्मेट ट्राफिक संग बच्नको लागि हाइन, आफ्नो ज्यान जोगाउनको लागि लगाउनु पर्छ त्यसैले मोटरसाइकल चलाउँदा अनिवार्य रुपमा हेल्मेट लगाऔं । सवारी साधनको ब्लुबूक तथा चालक अनुमतीपत्र लगायतका कागजात आफु संग नियमित राख्ने गरौंं । जस्ता नारा सो पालिकाको रहेको छ ।

उक्त कम्प्युटर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख चौधरी संगै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल,वडा नम्बर ३ का वडाध्यक्ष किसुनदयाल चौधरी,पालिकाको कार्याल कम्प्युटर शाखामा कार्यरत कर्मचारी शिव पौडेल,राजस्व शाखाका देवकान्त चौधरी, सवारी चालक संजय चौधरी,सिकेन्द्र चौधरी र दिपेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*