भारतीय रुपैयाँसहित रौतहटका एक जना पक्राउ

कोल्हवी न्यूज
२०८१ चैत्र १०, आईतवार १६:३५ गते

भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले रौतहटको दुर्गा भगावती गाउँपालिका निवासी एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको राजदेवी नगरपालिकाको भारतसँग जोडिएको सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमार सुढीलाई सशस्त्र प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

भारतबाट साइकल चढेर आउँदै गरेका सुढीलाई शनिबार अपरान्ह् चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोलाभित्र पोका बनाएर राखिएको ३ लाख ७८ भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको उपरीक्षक बस्नेतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*