सर्लाहीमा मापदण्ड अनुसार सञ्चालन नगरेका १९ अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३ वटा स्वास्थ्य संस्थाको निरीक्षण गरेका छन्। यस क्रममा, २ वटा संस्थाले सेवा सञ्चालनको अनुमतिपत्र दुरुस्त पाएको र २ वटा संस्थाले अनुमतिपत्रको नवीकरण गर्नुपर्ने पाइएको छ।
तर, सेवा सञ्चालन अनुमतिपत्र नभएका र मापदण्डअनुसार सेवा सञ्चालन नगरेका १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन मुख्यमन्त्री सिंहले दिएका छन्।
यस कदमले स्वास्थ्य सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउने र अनियमितता तथा अबैध सञ्चालनलाई रोक्ने उद्देश्य राखिएको छ।










