सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गए : संयुक्त राष्ट्रसङ्घ

कोल्हवी न्यूज
२०८१ चैत्र ९, शनिबार १५:०६ गते

तस्बिर : एजेन्सी

आप्रवासीका लागि गएको वर्ष सबैभन्दा खराब रहेको र विश्वभर झन्डै नौ हजारले आप्रवासनका क्रममा ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गएको ले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्या असह्य रहेको बताउनुभयो । सन् २०२४ मा एशियामा दुई हजार सात सय ७८, अफ्रिकामा दुई हजार दुई सय ४२ र युरोपमा दुई सय ३३ जनाको ज्यान गएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार चार सय ५२ जनाको ज्यान गएको आईओएमलाई उद्धित गरी समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका पुग्न चाहने मानिसको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार दुई सय ३३ जनाले ज्यान गुमाएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*