धनुषाको मुसर्नियामा प्रहरीको हवाई फायर
धनुषाको मुसर्निया गाउँपालिका–६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको घटना सार्वजनिक भएको छ।
प्रहरी स्रोत अनुसार, स्थानीय भजु यादवको घरबाट तस्करीको सामान नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरिएको हो।
धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार, आक्रमण प्रयासपछि एक राउन्ड हवाई फायर गरिएको थियो।
हवाई फायरपछि तस्करहरू फरार भएका थिए, र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको डिएसपी वरुणबहादुर सिंहले बताए ।








