सशस्त्र प्रहरी बाराद्धारा ठुलो परिमाणको गाँजासहित ट्रक नियन्त्रणमा

कोल्हवी न्यूज
२०८१ चैत्र ७, बिहीबार १५:५५ गते

 सशस्त्र प्रहरी बाराले १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट गएराति सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*