धनुषाको सबैलामा झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर एकजना घाइते

कोल्हवी न्यूज
२०८१ चैत्र ४, सोमबार १५:५८ गते

धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा प्रहरीले गोली चलाएको छ, जसमा एक जना घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार झडप नियन्त्रण गर्न बाध्य भएर प्रहरीले गोली चलाएको हो। घाइतेको पहिचान खुल्न बाँकी रहेको छ भने उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिँदै छ।

उक्त चोकमा केही समयअघि “यादव चोक” लेखिएको बोर्ड राखिएको थियो। अन्य समुदायले उक्त बोर्ड उखेलेपछि आइतबारदेखि दुई पक्षबीच तनाब बढ्दै गएको थियो। विवाद चर्किँदै गएपछि झडप नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*