ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने

कोल्हवी न्यूज
२०८१ चैत्र ३, आईतवार ११:१२ गते

CONCORD, NEW HAMPSHIRE – JUNE 27: Republican presidential candidate, former U.S. President Donald Trump stands on stage after being introduced during the New Hampshire Federation of Republican Women’s Lilac Luncheon on June 27, 2023 in Concord, New Hampshire. Republican presidential candidate, Florida Gov. Ron DeSantis is also holding a campaign event in New Hampshire today. (Photo by Scott Eisen/Getty Images)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने योजना बनाएको छ। ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट प्रभावित हुनेछन्।

ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका छन्। प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।

उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन्। सूची अनुसार लागू भए ४३ देशका नागरिकहरूले अमेरिका यात्रा गर्न पाउने छैनन्।

यद्यपि उक्त सूचीलाई रेड, ओरेन्ज र एलो गरी तीन भागमा विभाजन गरिएको छ। ‘रेड लिस्ट’मा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने छ। अमेरिकाको ‘रेड लिस्ट’मा अफगानिस्तान र भुटानबाहेक क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेन रहेका छन्। यी देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी छ।

‘ओरेन्ज लिस्ट’को सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ। त्यस्ता देशका नागरिकहरूलाई आप्रवासी वा पर्यटक भिसामा यात्रा गर्ने पाउने छैनन्। धनी र व्यवसायिक यात्रुहरू भने जान पाउनेछन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ‘ओरेन्ज लिस्ट’मा बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तान छन्।

‘एलो लिस्ट’मा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ।  एलो लिस्ट’मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावेसहित २२ देश रहेको सुचनामा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*